बाबुरामको अभिव्यक्तिले ‘बिच्किए’ द्वन्द्वपीडित, कार्यक्रम छाडेर बाहिरिए


२०८२ जेठ ८ बिहीबार ००:५४ बजे

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको अभिव्यक्तिले सशस्त्र द्वन्द्वपीडितहरु ‘बिच्किएका’ छन्। नेपाल मानवअधिकार आयोग संगठनले आज (बिहीबार) काठमाडौंमा आयोजना गरेको मानव अधिकार र लोकतन्त्रमा संक्रमणकालीन न्यायको असर विषयक नागरिकस्तरीय छलफल कार्यक्रममा भट्टराईले दिएको अभिव्यक्तिप्रति पीडितहरूले आपत्ति जनाएका हुन् ।

उनले अन्य देशमा ठूला क्रान्ति हुँदा लाखौं मारिने, तर नेपालमा १७ हजार मात्रै मारिएको बताएपछि द्वन्द्वपीडितहरु आक्रोशित बनेका हुन् । भट्टराईले सशस्त्र द्वन्द्वका समयमा राज्यको सेना र क्रान्तिकारी सेना गरी दुईथरी सेना रहेको र उनीहरूको द्वन्द्वका क्रममा १७ हजारको ज्यान गएको भन्दै बराबरी दायित्व लिएर शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउनु पर्ने अभिव्यक्ति दिएका थिए । 

तत्कालीन समयमा भएको त्रिपक्षीय राजनीतिक संघर्षपछि एक पक्ष निरंकुश राजतन्त्र अन्त्य भइसकेको अवस्थामा अब शान्ति प्रक्रियालाई टुंग्याउनु राज्यपक्ष र सशस्त्र द्वन्द्वपक्षको बराबरीको दायित्व भएको उनले बताए। पूर्व प्रधानमन्त्री जस्तो मान्छेले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै विरोध भएपछि भट्टराई कार्यक्रमको बीचबाटै बाहिरिनु परेको छ । ‘तपाई पूर्व प्रधानमन्त्री जस्तो मान्छेले के उदाहरण दिनु भएको ?,’ सहभागी एक जनाले भट्टराईलाई प्रश्न गर्दै भने, ‘कस्तो उदाहरण दिनु भएको ? यहाँ थोरै मान्छे मरे भनेर ? यसमा घोर आपत्ति छ । पूर्व प्रधानमन्त्रीले दिने अभिव्यक्ति यही हो।’ उनले यति भनिसकेपछि सहभागीहरूले हल्ला गरेपछि भट्टराई कार्यक्रमबाट बाहिरिएका थिए ।  
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७