ईभीमा कर नबढाउने निर्णय गरेर सही गरें : अर्थमन्त्री पौडेल
2025-05-30-14-49-14.jpg)
काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूले विद्युतीय सवारी साधन (इभी) को कर नबढाएर ठिक गरेको बताएका छन् । बिहीबार संसदमा प्रस्तुत गरेको बजेटबारे जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले ईभीमा कर नबढाएर सही निर्णय गरेको बताएका हुन् । अर्थमन्त्री पौडेलले भने, ‘ईभीमा कर नबढाएर ठिक गरेँ भन्ने लाग्छ । कर बढेन पनि ।’ उनले ईभी सवारी साधनको प्रयोगलाई वृद्धि गर्नेको लागि स्थिर नीतिको आवश्यक रहेको संकेत गरे ।
अर्थमन्त्री पौडेलले ईभीमा कर वृद्धि हुने भन्दै बजेटअघि ईभी सवारी साधनको आयात धेरै भएको थियो । तर व्यवसायीको सोच भन्दा फरक गरी ईभी सवारीको करलाई सरकारले यथावत् राखेको छ । उनले ईभी प्रवर्द्धनकै लागि बजेटमा विद्युतीय ऊर्जाबाट सञ्चालित सवारी साधन चार्जिङ्ग मेसिन उत्पादन तथा एसेम्बल गर्ने उद्योगलाई कारोबार सुरु गरेको मितिले पाँच वर्षसम्म आयकर छुट हुने व्यवस्था मिलाएका छन्।