सरकारले निषेधित क्षेत्र तोकेपछि राजावादीले बनाए आन्दोलनको यस्तो रणनीति


२०८२ जेठ १६ शुक्रबार ०६:५७ बजे

काठमाडौं । स्थानीय प्रशासनले नारायणहिटी आसपास क्षेत्रलाई निषेधित घोषणा गरेपछि हिजोदेखि अनिश्चितकालीन आन्दोलन थालेका राजावादीहरुले प्रदर्शनको रणनीति हेरफेर गरेका छन् ।

सरकारले दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा लगाइ दिएपछि राजावादीहरूको भोलि (शनिबार) को आन्दोलन प्रभावित बन्ने भएको हो । राजावादीहरुले सरकारले निषेधित क्षेत्र घोषणा गरे पनि आन्दोलन नरोकिने तर, निषेधित क्षेत्र भने नतोडिने नेताहरुले जनाएका छन् । 

राप्रपा नेपालका महामन्त्री राजाराम बर्ताैलाले भोलिको आन्दोलन स्थगित नहुने जानकारी दिंदै निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्ने नीति अहिले नभएको जानकारी दिएका छन् । उनले दरवारमार्ग नजिक प्रहरीले जहाँ रोक्छ, त्यहीं प्रदर्शन गर्ने जानकारी दिए । उनले आफूहरूले भद्र एवम् शान्तिपूर्ण आन्दोलन गरिरहँदा सरकारले मुठभेड निम्त्याउन खोजेको आरोप लगाए ।

बर्तौलाले भने, ‘हामीले आन्दोलन गर्ने भनेकै ठाउँमा सरकारले निषेधाज्ञा लगाउनुमा गलत नियत देखियो । सरकारको यो सर्वसत्तावादी व्यवहारको हामी भत्र्सना गर्छाैं । हाम्रो शान्तिपूर्ण आन्दोलन जारी रहन्छ ।’ सरकारले अनावश्यक दमन गर्न खोजे अप्रिय स्थिति आउन सक्ने चेतावनी उनले दिएका छन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७