तेन्जेनको जन्म दर्तामा कैफियत देखिएपछि अनुसन्धान सुरु


२०८२ असोज २९ बुधबार १७:२९ बजे

काठमाडौँ : बिजुली बजारस्थित धोबीखोला पुलमा पेस्तोलसहित देखिएका भिडियो सार्वजनिक भएपछि हिरासत पुगेका तेन्जेन लामाको जन्म दर्ता र नागरिकता प्रमाणपत्रमा कैफियत देखिएपछि काठमाडौँ प्रहरी परिसरले छानबिन सुरु गरेको छ ।

तेन्जेनले सार्वजनिक गरेको जन्म दर्ता प्रमाणपत्रमा २०६३ साल फागुन १० गते काठमाडौँ महानगरपालिका–३ बाट दर्ता भएको उल्लेख छ । तर सो दिन शनिबार परेको हुँदा सरकारी कार्यालयले जन्म दर्ता प्रमाणपत्र कसरी दियो भन्ने कैफियत देखिएको हो ।

यसबाहेक, प्रमाणपत्रमा ‘नेपाल सरकार’ र ‘श्री ५ को सरकार’ दुवै छाप समेटिएको देखिन्छ । भिडियो पुरानै म्युजिक भिडियो सुटको भएको दाबी भए पनि जेनजी प्रदर्शनसँग जोडेर हेर्नेहरूले यसलाई थप संवेदनशील विषयका रूपमा उठाएका छन् ।

हाल प्रहरीले कागजातको प्रमाणीकरण, वास्तविकता र समय सीमासम्बन्धी पक्षमा विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७