कमजोरी सच्याएर अघि बढिरहेका छौँ : माधवकुमार नेपाल


२०८२ पौष ५ शनिबार १५:०१ बजे

काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले आफूहरूले गरेका कमजोरी सच्याउँदै अघि बढिरहेको बताएका छन् । उनले अहिले अरू पार्टीको आलोचना गर्ने समय नभएको भन्दै पहिले आफू नै सच्चिनुपर्ने अवस्था आएको बताए।

शनिबार भृकुटीमण्डपमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै नेपालले एकताको सन्देश लिएर गाउँ–गाउँमा जान कार्यकर्तालाई आग्रह गरे । आफ्ना विचार जनताबीच लैजाने अभियान सुरु भइसकेको बताउँदै उनले नयाँ नेपाल निर्माण नै पार्टीको लक्ष्य रहेको उल्लेख गरे ।

उनले ७७ वटै जिल्ला र स्थानीय तहमा कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिँदै जनताबाट टाढा रहने नेताको प्रवृत्तिलाई छुट दिन नसकिने बताए ।

'हामी जनतासँग एकाकार बन्न चाहन्छौँ । कुरा मात्रै ठूला गर्ने, नेताका वरिपरि पूजा गरेर बस्ने तर जिम्मेवारी पूरा नगर्नेलाई छुट दिन सकिँदैन,' उनले भने, 'हामी नेता र कार्यकर्ता दुवैलाई राम्रो बनाउन लागिपरेका छौँ।'

यो अभियान आफ्ना विचार जनताका बीचमा सम्प्रेषण गर्ने अभियानसमेत भएको उनले बताए।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७