रामकुमारी झाँक्री अब राष्ट्रिय सभा सदस्य, को को छन् एमाले उम्मेदवार ?


२०८२ पौष २३ बुधबार ०९:०२ बजे

काठमाडौं : नेकपा (एमाले) ले नेत्री रामकुमारी झाँक्रीलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाएको छ । 

एमालेले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । उम्मेदवारको मनोनयन आज हुँदै छ ।

एमाले सचिव महेश बस्नेतका अनुसार झाँक्रीसहित रोशनी मेचे, प्रेम दंगाल, सम्झना देवकोटा, मीना रखाल र लीला भण्डारीलाई राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार बनाइएको हो। 

अब मधेस प्रदेशबाट मात्र उम्मेदवार चयन गर्न बाँकी रहेको उनले बताए। 

राष्ट्रिय सभाका १८ सदस्य चयनका लागि आउँदो माघ ११ गते चुनाव हुँदै छ।

त्यसमा एमालेले नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) सँग चुनावी तालमेल गर्ने सहमति गरेको छ। भागबन्डामा एमालेले ७ सिट पाएको छ। 

निर्वाचन आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७