कांग्रेस, एमाले र जसपाले गरे राष्ट्रिय सभामा भागबण्डा, नेकपा बाहिरियो


२०८२ पौष २३ बुधबार १२:४० बजे

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले राष्ट्रिय सभा निर्वाचनमा एकल उम्मेदवारी दिने भएको छ ।

नेपाली कांग्रेस र नेकपा (एमाले) सँग तालमेल नमिलेपछि नेकपा गठबन्धनबाट बाहिरिएको हो ।

नेकपा बाहिरिएसँगै कांगेस, एमाले र जसपाले राष्ट्रिय सभाका १८ सिटमा भागबण्डा गरेका छन्। राष्ट्रियसभाको निर्वाचन हुन लागेका १८ मध्ये कांग्रेसलाई ९, एमालेलाई ८ र जसपालाई १ सिटमा भागबण्डा गरेका हुन्। 

कांग्रेस एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपासँग पनि सहमतिको प्रयास गरेका थिए । तर, नेकपाले चार सिटको दाबी गरेपछि सहमति हुन नसकेको हो । कांग्रेस र एमाले नेकपालाई तीन सिटभन्दा बढी दिन तयार नभएपछि नेकपा यो गठबन्धनबाट बाहिरिएको छ। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७