रात्रिकालीन बस सेवा सञ्चालन गर्दै काठमाडौं महानगर
काठमाडौं : काठमाडौं महानगरपालिकाले आउँदो वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ। साझा यातायातसँगको सहकार्यमा दुईवटा मुख्य रुटमा सेवा सुरु गर्न लागिएको हो।
पहिलो रुट ललितपुरको लगनखेलदेखि बूढानीलकण्ठसम्म सञ्चालन हुनेछ। यस रुटमा पाटन अस्पताल, अल्का अस्पताल, नर्भिक अस्पताल तथा प्रसुति गृह, नेसनल ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति बाल अस्पताल, शिक्षण अस्पताल र गंगालाल हृदय केन्द्र हुँदै बस सेवा पुग्नेछ।
दोस्रो रुट थानकोटदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म सञ्चालन गरिनेछ। यो रुटमा थानकोट, सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन र तीनकुने हुँदै विमानस्थलसम्म सेवा विस्तार गरिनेछ।
महानगरका अनुसार यी दुई रुटमा चारवटा विद्युतीय बसमार्फत रात्रिकालीन सेवा सञ्चालन हुनेछ।
.gif)

.png)

