संसद्को अधिवेशन वैशाख २८ गतेदेखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस


२०८३ बैशाख २२ मंगलबार १६:२४ बजे

काठमाडौं :  सरकारले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

मन्त्री पोखरेलले २८ वैशाख दिउँसो २ बजे बस्ने गरी अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिए । 

यसअघि वालेन्द्र शाह नेतृत्वको सरकारले ८ वैशाखमा गरेकाे सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार १७ वैशाखका लागि संसदका दुवै सदनकाे अधिवेशन आह्वान गरेका थिए । तर, आह्वान भएकै भोलिपल्ट सरकारकै सिफारिसमा राष्ट्रपति पौडेलले अधिवेशन स्थगित गरे ।

सरकारले संसदसँग पर्याप्त समन्वय नगरी अधिवेशन आह्वानको सिफारिस गरेकाले स्थगित गर्नुपरेको दाबी गरेको छ । सरकारले अधिवेशन स्थगित गरेर विभिन्न ८ वटा अध्यादेशहरू जारी गरेको छ ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७