११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको उद्धार


२०८३ भदौ २० शनिबार १३:५४ बजे

काठमाडौं :  बाढीका कारण प्रभावित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–४ टनेलबाट एक चिनियाँ नागरिकको उद्धार गरिएको छ।

नेपाली सेना र दक्षिण कोरियाली विपद् उद्धार विज्ञ टोलीले केहीबेरअघि टनेलबाट ती चिनियाँ नागरिकको सकुशल उद्धार गरेको हो।

उद्धार गरिएका उनलाई नुवाकोटको त्रिशूलीस्थित मैथिली ब्यारेकमा ल्याउने तयारी गरिएको छ।

भदौ १० गते आएको विनाशकारी बाढीपछि उनी टनेलभित्र फसेका थिए। बाढी गएको ११औँ दिनमा उनको उद्धार गरिएको हो।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७