गगन थापाले देशको नेतृत्व गर्ने बेला आयो : प्रचण्ड


२०८३ असोज १८ आइतबार १७:३९ बजे

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति गगन थापाले देशको नेतृत्व गर्ने अवस्था आएको बताएका छन्।

कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै प्रचण्डले आफू प्रधानमन्त्री हुँदा गगन स्वास्थ्य मन्त्री रहेको स्मरण गरे। ‘मैले त्यतिबेलै भन्थेँ, तपाईंले यो देशको नेतृत्व गर्ने बेला आउनसक्छ‘,  उनले भने ’आज आएको देख्छु, निकै ठूलो जिम्मेवारी उहाँको काँधमा आएको छ’

प्रचण्डले कांग्रेस सभापति थापालाई सबैलाई समेटेर अघि बढ्न सुझाव दिए। नयाँ पुस्ताको नाममा पुरानो पुस्तालाई अपमान गर्ने प्रवृत्ति देखिएको भन्दै उनले त्यसबाट जोगिन आग्रह गरे।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७