भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारीका लागि भारतीय विदेश सचिव विक्रम मिश्री आज काठमाडौं आउँदै छन् । उनी दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।
भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव अमृतकुमार राई र भारतीय विदेश सचिव मिश्रीबीच द्विपक्षीय वार्ता हुनेछ ।
परराष्ट्र मन्त्रालयका अनुसार वार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोका विषयमा छलफल हुनेछ ।
त्यसैगरी, दुई देशबीच रहँदै आएको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि दुवै पक्षबीच विचार आदानप्रदान हुनेछ ।
नेपाल बसाइका क्रममा भारतीय विदेश सचिव मिश्रीले उच्चपदस्थ नेपाली अधिकारीहरूसँग शिष्टाचार भेटवार्तासमेत गर्ने कार्यक्रम रहेको छ ।
दुईदिने भ्रमण पूरा गरी उनी भोलि नयाँदिल्ली फर्किनेछन् ।
.gif)

.png)




