दुई लाख १०हजार राशिको ‘यलम्बर सांस्कृतिक सम्मान’ भूपाल राई र नवप्रतिभा सम्मान मेलिना राईले पाउने


२०७६ जेठ २० सोमबार २०:३४ बजे

काठमाडौं, २० जेठ । ‘यलम्बर सांस्कृतिक सम्मान'ले वरिष्ठ कबी तथा साहित्यकार भूपाल राईलाई सम्मानित गर्ने भएको छ । किराती नव–साँस्कृतिक केन्द्रले यही जेठ २९ गते काठमाडौंको नाचघरमा यलम्बर सांस्कृतिक कार्यक्रम–२०७६ आयोजनासँगै सम्मान गर्ने भएकाे हाे ।

यलम्बर सांस्कृतिक सम्मानकाे नगद दुई लाख दश हजार रूपैयाँ राशि रहेकाे सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिए ।

आयोजक संस्थाका संयोजक राकेश किरातीले किराती समूदायको महान चाड उभौली (साकेला) को अवसरमा उक्त सांस्कृतिक कार्यक्रम काठमाडौं जमलस्थित् नाचघरमा दिउँसो एक बजे आयोजना गर्न लागिएको जानकारी दिए ।

त्यस्तै गरी किराती नब-सांस्कृतिक प्रतिभा पुस्कार गायिका मेलिना राईले पाउने भएको छ । यलम्बर नब-सांस्कृतिक सम्मान गायक कुबेर राई तथा यस कार्यक्रममा यलम्बर सांस्कृतिक सम्मानलाई दुई लाख दश हजार राशिको सांस्कृतिक सम्मान गर्ने भएको छ । साथै यलम्बर नब-सांस्कृतिक सम्मान ३० हजार र किराती नब-सांस्कृतिक प्रतिभा २० हजार सम्मान गर्ने भएको छ

उक्त सांस्कृतिक कार्यक्रममा शम्भु राई, सत्यकला राई, डक्टर किरात, रुप कुमार राई, सरला राई, कन्काईष्ट राई, कला राई, बेनुका राई, पार्वन राई, मिना राई, लीला राई, शिला राई, जानुका राई, दिपक वान्तवा राई, दीपेश राई, नरेन्द्र राई, नविन्द्र राई, निश्चल राई, मनिषा राईलगायतका कलाकारहरुको भव्य सांस्कृतिक प्रस्तुतिहरु पनि रहने पनि आयोजक संस्थाका सदस्य डक्टर किरातले जनाए । आजको पत्रकार सम्मेलनमा कन्काईष्ट राई, कला राई, पार्वन राईलगायतको उपस्थिति रहेको थियो ।

आजको पत्रकार सम्मेलनमा कन्काईष्ट राई, कला राई, पार्वन राईलगायतको उपस्थिति रहेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७