नेपाली युवाले पत्ता लगाए इबोला भाइरसको औषधि
काठमाण्डौं : अमेरिकास्थित जोर्जिया राज्यको विश्व विद्यालय अन्तर्गतको इन्ष्टिच्युट फर बायोमेडिकल साइन्समा कार्यरत नेपाली युवा बैज्ञानिक डा. सुदिप खड्का संलग्न टोलीले इबोला भारइरसकोे औषधि पत्ता लगाएका छन् ।
यो आविष्कारले इबोलाको महामारी फैलिए त्यसको रोकथाममा महत्वपूर्ण योगदान पुग्ने अनुसन्धानमा संलग्न बैज्ञानिकको टोलीले दावी गरेको छ । संसारकै सबैभन्दा खतरनाक रोग मानिने इबोलाको हालसम्म कुनै औषधि पत्ता लागेको थिएन । बैज्ञानिकहरुका अनुसार यो प्रारम्भिक अनुसन्धानले चाँडै नै इबोला र जीकाको उपचार हुन सक्ने सम्भावना बढेको छ । तर बजारमा आउनुभन्दा पहिले यो औषधिको प्रभावकारिताको थप अनुसन्धान गर्न समय लाग्ने छ ।
टोलीले सयौंको संख्याका नयाँ औषधिको अनुसन्धानबाट ५६ सम्भाबित औषधिहरु पत्ता लगाएको हो । जसमा एउटा दभलशयत्रगष्लयष्लिभ समूहको औषधिको बिस्तृत अध्ययन भएको छ । यो औषधि हालै संसारमा तहल्का मचाइराखेको अर्को जीका भाइरसबिरुद्ध पनि प्रभावकारी देखिएको छ ।
.gif)

.png)

