नक्कली भ्याट बिल बनाउने विरुद्ध मुद्दा दायर


२०७९ जेठ १० मंगलबार ०५:५९ बजे

काठमाडौं । नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विजक खरिद गरी वित्तीय विवरण तथा आयकर विवरण तयार गरी राजश्व छली गरेको अभियोगमा निरज टे्रडर्स एण्ड सप्लायर्सका सञ्चालकहरु विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ ।

विभागका अनुसार चितवनको भरतपुर महानगरपालिका-३ मा व्यवसाय गर्ने पर्साको वीरगञ्ज महानगरपालिका-१० का श्रीराम ठाकुर र जटाशङ्कर जैसवाल विरुद्ध यही जेठ ५ गते मुद्दा दायर गरिएको भए पनि सोमबार जानकारी दिइएको हो ।

विभागले मूल्य अभिवृद्धिकरतर्फ रु दुई करोड ४१ लाख ३५ हजार ९४१ र आयकरतर्फको रु पाँच करोड ५७ लाख १६ हजार ६१२ बराबरको बिगो दाबी गरेको छ । विभागले बिगो र जरिवानासहित रु १५ करोड ९७ लाख पाँच हजार १०६ बराबरको मागदावी गर्दै मुद्दा दायर गरेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७