दाइजोमा बुलेट बाइक नल्याएको भन्दै बुहारीको हत्या


२०७५ बैशाख १९ बुधबार १६:५६ बजे
वीरगञ्ज, १९ वैशाख । दाइजोमा मोटरसाइकल नल्याएको निहुँमा वीरगञ्जमा एक महिलाको हत्या गरिएको छ । वीरगञ्ज महानगरपालिका–३१ इस्लामपुर टोलका २० वर्षीया अन्जुम आरालाई दाइजोमा मोटरसाइकल नल्याएको भन्दै परिवारका सदस्यहरुले घाँटी थिचेर हत्या गरेको माइती पक्षले आरोप लगाएको छ । [caption id="attachment_48648" align="aligncenter" width="1000"] अन्जुमाका बुबा–आमा र इन्सेटमा मृत्तक अन्जुमा । तस्विर स्रोत : क्रान्ति शाह[/caption] मृतक अन्जुमकी आमा रोशन जहानले आफूलाई फोन गरेर मागेको बुलेट मोटरसाइकल नदिएपछि ज्यान नै मार्ने धम्की पनि दिएको जानकारी गराइन् । कतारमा रहेका ज्वाईं अफरोजले छोरीलाइ फोन गरेर बुलेट मोटरसाइकल माइतीबाट माग्न पटक–पटक दबाब दिंदै आएको भन्दै अन्जुमकी आमा रोशनले भनिन्, ‘बिहे हुँदा १० कठ्ठा खेत बेचेर अढाई लाख भारु दाइजो दिएको हो । अहिले फेरि बुलेट मोटरसाइकल माग्दै उनीहरुले छोरीलाई यातना दिइरहेका थिए, त्यही बुलेट मोटरसाइकल दिन नसक्दा मैले मेरो छोरी नै सदाका लागि गुमानु पर्‍यो । अन्जुमका बाबु मुस्तकिम देवानले एक वर्ष पहिले ज्वाई अफरोज घरमै छदाँ दाइजोको निहुँमा छोरीलाई पटक–पटक यातना बताए । उनले घरबाट निकालेर रक्सौलमा लगरे अलपत्र पारेर छाडेको बताउँदै भने, ‘त्यस बेला गाँउमै पञ्चायती बसाएर छोरीलाई ससुरा घरमा पठाएको थिए ।’ ज्वाईले दाइजोमा मागेको बुलेट मोटरसाइकल नदिएकै निहुँमा आफ्नो छोरी अन्जुमको उनका सासु, ससुरा, नन्द र फुपाजु सासुले घाँटी थिचेर हत्या गरेको मुस्तकिमको आरोप छ । प्रहरीले मंगलबार बिहान नौ बजेतिर आफ्नै घरको कोठामा अन्जुमको शव शंकास्पद अवस्थामा फेला परेको थियो । घटना शंकास्पद देखिएको भन्दै प्रहरीले अन्जुमका परिवारका चार जनालाई नियन्त्रणमा लिएको छ । मृतक अन्जुमका ससुरा ५० वर्षीय कमरुद्धिन फकीर देवान, सासु ४५ वर्षीया हुसेन बानो खातुन, नन्द अंगुरी खातुन र फुपू(सासु ३५ वर्षीया जमीला खातुनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी गराएका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • देविका घर्ती मगर
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७