कङ्गोमा हेलिकप्टर दुर्घटना


२०८० असार २७ बुधबार ०६:०१ बजे

काठमाडौं । दक्षिणपूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा खानी निगमको स्वामित्वमा रहेको हेलिकप्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

हाउतकटाङ्गा प्रान्तको कम्बोवेमा रहेको खानीमा सोमबार खराब मौसमका कारण हेलिकप्टर उडेको केही मिनेटपछि नै दुर्घटनाग्रस्त भएको सुरक्षा सेवाका अधिकारीलाई उद्धृत गर्दै कम्पनीका सुरक्षा गार्ड फ्रान्सिस ल्वाम्बाले एएफपीलाई बताएका छन् ।

दुर्घटनामा फ्रान्सेली पाइलट, एक दक्षिण अफ्रिकी प्रशासक र सुरक्षाको जिम्मेवारीमा रहेका पोल्याण्डका कार्यकारीको मृत्यु भएको छ । बोस माइनिङ नामको कोबाल्ट र तामा फर्मको स्वामित्वमा रहेको हेलिकप्टर छिमेकी लुआलाबा प्रान्तको कोल्वेजीका निम्ति उडेको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७