जनतासँगको कडी टुटेको थियो, ऐतिहासिक अवसर मिल्यो : प्रचण्ड

‘सदन र सडकलाई प्रभावकारी ढङ्गले जोड्छौं’


२०८१ श्रावण ११ शुक्रबार १०:५५ बजे
फाइल फोटो

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र) ले सदन र सडकलाई प्रभावकारी ढङ्गले जोड्दै नयाँ तरिकाबाट जनतामा जाने बताएको छ । आज (शुक्रबार) पार्टी केन्द्रिय कार्याल पेरिसडाँडामा बसेको पदाधिकारी बैठकका निर्णय सुनाउँदै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले सदनमा भएका आफ्ना ३२ जना सदस्यलाई गुणात्मक रुपमा प्रभावकारी बनाउने पनि बताएका हुन् ।

सापकोटाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा भ्रष्टाचारबिरुद्ध, सुशासनको पक्षमा जनतालाई सेवा प्रवाह गर्ने, अन्तर्राष्ट्रिय जगतमा कुटनैतिक सन्तुलन मिलाउने कुरामा आफू नेतृत्वको सरकार सफल भएको बताएको जानकारी दिए ।

दाहालले राम्रो काम गर्दागर्दै पनि सत्ता समीकरण फेरिएको र यसले पार्टीलाई जनतामा जान ठूलो अवसर मिलेको बताएको प्रवक्ता सापकोटाले जनाए ।  बैठकमा वरिष्ठ उपाध्यक्ष नारयाण्काजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नेताहरू राम कार्की, चक्रपाणि खनाल, हितराज पाण्डे, वर्षमान पुनले आफ्ना धारणा राखेका थिए। 

उनले भने, ‘अध्यक्ष् ाज्यूले दिशा निर्देश गर्नुभयो । हामीले सरकारमा रहेर जे जति कुरा भ्रष्टाचारबिरुद्ध, सुशासनको पक्षमा जनतालाई सेवा प्रवाह गर्ने, अन्तर्राष्ट्रिय जगतमा कुटनैतिक सन्तुलन मिलाउने कुरामा समग्रमा निकै राम्रो पहल कदमी लिएका थियौं । त्यो लिँदालिँदै समीकरण परिवर्तन भयो । यसले हामीलाई ठूलो ऐतिहासिक अवसर जुटेको छ । जनतामा जाने र कतै न कतै जनतासँगको कडी टुटेको थियो, वर्गसँगको सम्बन्ध कमजोर भएको थियो । त्यसलाई सदृढ गर्ने अवसर आएको कुरा राख्नुभयो ।’ 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७