हर्क साम्पाङले उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई दिए कार्यवाहक


२०८१ असोज २९ मंगलबार १७:११ बजे

सुनसरी । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले उपप्रमुख हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका छन् । नेकपा माओवादी केन्द्रका उपप्रमुख अइन्द्रविक्रम बेघालाई कार्यवाहकको जिम्मेवारी नदिइ नियम विपरीत वडाध्यक्षलाई दिएका हुन् । आफूसँग राम्रो सम्बन्ध नभएका कारण साङपाङले उपप्रमुखलाई दिनुपर्ने जिम्मेवारी वडाअध्यक्षलाई दिएका हुन् ।

उनले वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्रकुमार फागाेलाई आफ्नो अनुपस्थितिमा कार्यबाहक तोकेका हुन् । साम्पाङ बिहीबार बेलायत भ्रमणमा जान लागेका छन् । साम्पाङले वडाअध्यक्ष फागाेलाई असोज २८ गतेदेखि बेलायतबाट नफर्किएसम्मका लागि कामकाज गर्ने गरी कार्यवाहक जिम्मेवारी निर्वाह गर्न पत्र लेखेर दिएका हुन् ।  उनले वडाध्यक्षलाई कामको जिम्मेवारी नै बुँदागत रुपमा तोकेरै पत्र दिएका छन् ।

पत्रमा आर्थिक सहयोग एक दिनको ५ हजार रुपैयाँ मात्र अधिकतम गर्ने, कार्यपालिका बैठक बोलाउन नपाउने, १० दलले तोडफोड गरेको गेट र नगरपालिकाको बोर्ड मर्मत नगर्ने, रेडबुकका कुनै बजेटका योजनाहरु स्वीकृत नगर्ने र कसैको सिफारिसमा करार तथा ज्यालादारीमा कर्मचारी नथप्ने साथै सरुवा बढुवा नगर्ने शर्तसहित कार्यबाहकको जिम्मेवारी दिइएको छ । बेलायतमा रहेका नेपालीको निम्तोमा आफू बेलायत जान लागेका उनले त्यहाँका नेपाली समुदायसँग भेटघाट गर्ने बताएका छन् ।

 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७