६,८०० खेलाडी सहभागी पेरिस ओलम्पिकको भव्य उद्घाटन (फोटो फिचर)


२०८१ श्रावण १२ शनिबार ०७:५६ बजे
तस्वीरहरु : एपी

काठमाडौं । पेरिसमा ३३ औं गृष्मकालीन ओलम्पिकमा औपचारिका रूपमा शुरुवात भएको छ । गए राति ११ः४५ बजे फ्रान्सको राजधानी पेरिसमा ओलम्पिकको भव्य उद्घाटन भएको छ । केही खेलहरू बुधबारदेखि नै भए पनि औपचारिक उद्घाटन भने शुक्रबार राति भएको हो । यसपालिको पेरिस ओलम्पिकको उद्घाटन पृथक एवम् भव्य रह्यो ।

पृथक यसकारण कि यसअघिका संस्करणहरूमा कुनै स्टेडियममा हुने उद्घाटन समारोह यसपालि बीच सहरको सेन नदी किनारमा भएको थियो । पुल, नदी किनार तथा घरका छतहरूमा उद्घाटन समारोहका प्रस्तुतीहरू भएका थिए । उद्घाटन समारोहलाई अद्भूत र ऐतिहासिक भनिएको छ । उद्घाटन समारोह चार घन्टासम्म चलेको थियो ।

विभिन्न देशबाट विभिन्न विधाका खेलका लागि ६ हजार ८०० खेलाडी सहभागी छन् । प्रत्येक देशका प्रतिनिधिमण्डललाई ८० भन्दा बढी डुंगामार्फत परेड गराइएको थियो । ग एराति ११ः४५ बजे पेरिसमा भएको उद्घाटन समारोहमा विभिन्न विश्वप्रसिद्ध कलाकारहरूले प्रस्तुती दिएका थिए ।

ओलम्पिकमा २०६ ओलम्पिक राष्ट्रिय टिमको सहभागिता रहनेछ । यसमध्ये एशियाका ४४ वटा देशहरुले भाग लिंदैछन् । ओलम्पिकमा शरणार्थी टिमको समेत सहभागिता रहनेछ । नेपालले सन् १९६४ देखि ओलम्पिकमा भाग लिन सुरु गरेको थियो । पेरिस ओलम्पिकमा विभिन्न ३२ वटा खेलका ३२९ वटा इभेण्टस् सञ्चालन हुँदैछन् ।

ओलम्पिकमा भाग लिन नेपाली खेल टोली पनि राजधानी पेरिस पुगिसकेको छ । यसपालि एक नेपाली खेलाडी छनोट प्रतियोगिता जितेर ओलम्पिकमा सहभागी हुन गएका छन् । टेबुल टेनिस खेलाडी स्याण्टु श्रेष्ठ दक्षिण एशियाको छनोट चरण पार गरेर ओलम्पिकमा सहभागी हुन सफल भएका छन् । अन्य खेलाडीहरुलाई भने कोटा तथा वाइल्ड कार्डको आधारमा सहभागी गराइएको हो ।

नेपालले ओलम्पिकमा विभिन्न छ खेलमा सात खेलाडीलाई सहभागी गराउँदैछ । नेपालका अन्य खेलाडीहरुमा जुडोमा मनिता श्रेष्ठ प्रधान, एथलेटिक्समा सन्तोषी श्रेष्ठ, स्विमिङ मा डुवाना लामा र एलेक्जान्डर शाह, ब्याडमिन्टनमा प्रिन्स दाहाल, सुटिङमा सुस्मिता नेपाल छन् । नेपालले पहिलो पटक ओलम्पिकमा ब्याडमिण्टनमा भाग लिन लागेको हो । नेपालले ओलम्पिकमा भाग लिएको यो १५ औं पटक  हो । 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७