‘त्याग’ गर्न भनेपछि विश्वप्रकाशलाई देउवाको जवाफ : अविश्वासको प्रस्ताव ल्याउनुस् 


०१:०५ बजे

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई अब कांग्रेसको नेतृत्वमा सरकार बन्दा प्रधानमन्त्री नबनी त्याग गर्न प्रस्ताव गरेका छन् । तर, सभापति देउवा शर्माको सो प्रस्तावमा जंगिएका छन् ।

उनले कसैले भन्दैमा नछोड्ने बताएका छन् । उनले भनेका छन्, ‘मैले छाड्नेवाला छैन भनेपछि यस्तो कुरा गर्न मिल्छ ? अविश्वास प्रस्ताव ल्याएर हटाउनुस् ।’ शर्माले भावी प्रधानमन्त्रीका लागि ६ जना नेताको नाम लिएका थिए । तर, देउवाले भने उनको प्रस्तावलाई ठाडै अस्वीकार गरिदिएका हुन् । महामन्त्री शर्माले अबको प्रधानमन्त्रीमा सभापति देउवाको विकल्पमा नेता शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, शशांक कोइराला र अर्जुननरसिंह केसीमध्ये कोही एक जनालाई अघि सार्न सक्ने विकल्प समेत सुल्झाएका थिए ।

महामन्त्री शर्मालाई लक्षित गर्दै सभापति देउवाले थपे, ‘तपाईंले प्रधानमन्त्री त्याग गर भन्नु भयो, ठिक छ त्यो तपाईंको विचार हो । तर कसैले छोड् अब भन्दैमा मैले छाड्नु पर्छ भन्ने छैन नि ! म अहिल्यै छाड्दिनँ ।’ आफू प्रधानमन्त्री बन्ने विषय नेकपा (एमाले) सँग गत असार १७ गते नै सहमति भइसकेको सभापति देउवाले बताएका थिए । प्रधानमन्त्री हुन पहिले संसदीय दल नेता बन्नु पर्ने सभापति देउवाको भनाइ थियो । २०७९ पुस ६ गते भएको संसदीय दल नेता चुनावमा महामन्त्री गगन थापालाई हराउँदै सभापति देउवा संसदीय दल नेता चुनिएका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७