एमाले नेताहरु किन पुगे प्रचण्ड निवास खुमलटार ?


००:५१ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेका नेताहरुले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् । आज (बिहीबार) दिउँसो खुमलटार पुगेर एमाले बागमती प्रदेश इञ्चार्जको नेतृत्वमा काठमाडौं जिल्लाका इञ्चार्ज र पालिका इञ्चार्जहरु, जिल्लाका अध्यक्षलगायत पदाधिकारीहरुको प्रतिनिधि मण्डल खुलमटार पुगेका हुन् ।

प्रचण्डलाई भेटेर नदि किनारका जग्गा र बस्तीका विषयमा सर्वोच्च अदालतले गरेको फैसला र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जारी गरेको परिपत्रको विषयमा छलफल गरेको एमाले नेता राजन भट्टराईले जानकारी गराए । भेटपछि पूर्व प्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले काठमाडौंको नदी किनाराका जग्गाका सम्बन्धमा देखिएको समस्याबारे पार्टीको धारणा केन्द्रीय समितिको बैठकपछि तय गर्ने बताएका छन् ।  समस्या समाधानका लागि पहलको आग्रहसहित भेटघाटका लागि आएको सर्वदलीय प्रतिनिधिमण्डलसँग बिहीवार कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

प्रचण्डले यो निर्णय कार्यान्वयनमा समस्या देखिएकाले सरकार अदालतमा भ्याकेटमा जाँदा ठीक हुने बताएको स्रोतले जानकारी दिएको छ ।   सर्वदलीय भेटमा सहभागीहरूले नदी किनाराका जग्गा छाड्नु पर्ने सर्वोच्च अदालतको फैसलापछि काठमाडौंमा ठूलो समस्या शुरू भएको बताएका थिए । अदालतको आदेशअनुसार काठमाडौंको नदी, खोला र राजकुलो समेत दायाँ बायाँ थप २०-२० मिटर छाड्नुपर्दा दशौं हजार घरपरिवार विस्थापित हुने र पशुपतिनाथ मन्दिर पनि सार्नुपर्ने अवस्था आउने बताए । 

काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले अदालतको आदेश कार्यान्वयन गर्ने संकेत गरेपछि थप समस्या आएको भन्दै उनीहरूले यो फैसला कार्यान्वयन भएमा आर्थिक रूपमा अराजकता पैदा हुने बताए । आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेर भ्याकेटमा जान सुझाव दिएको र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरिसकेको जानकारी गराउँदै प्रतिनिधिमण्डलका सदस्यहरूले प्रमुख प्रतिपक्ष दलका नेता र पार्टी अध्यक्षको रुपमा प्रचण्डलाई भेट्न आएको बताएका थिए । 

प्रतिनिधिमण्डलमा सत्तारुढ दल नेकपा एमालेका नेता राजन भट्टराई, काठमाडौं महानगरका पूर्वप्रमुख विद्यासुन्दर शाक्यलगायत सहभागी थिए । यो विषयलाई लिएर एमालेका नेताहरु यसअघि सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेबहादुर देउवा निवास पुगेर छलफल गरेका थिए ।

भेटमा देउवाले अदालतको फैसलाका कारण उत्पन्न समस्याका विषयमा सरकार पुनरावलोकनमा जान पर्ने विषयमा सहमति जनाउँदै कानून मन्त्रीलाई छिटो भन्दा छिटो पुनरावलोकनमा जानका लागि आवश्यक पहल लिन निर्देशन दिएका थिए । सत्तारुढ दलका नेता–कार्याकर्ताले प्रमुख प्रतिपक्षी दलका नेतालाई भेट्नुलाई नदी किनाराको जग्गा प्रकरण झन पेचिलो बन्दै गएको देखिएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७