बागमतीमा चार मन्त्रीले लिए शपथ : हरिप्रभालाई भित्र्याइयो, प्रभातलाई हटाइयो


२०८१ श्रावण १२ शनिबार ०७:५० बजे

मकवानपुर । बागमती प्रदेश सरकारले बल्ल पूर्णता पाएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाले कांग्रेसका तर्फबाट थप चार मन्त्री नियुक्त गरेसँगै प्रदेश सरकारकाले पूर्णता पाएको हो । यसअघि गत बुधबार मुख्यमन्त्री लामासँगै एमालेका ६ र कांग्रेसका तीन जना मन्त्रीले शपथ लिएका थिए । आज थप चार जना मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले कांग्रेसकातर्फबाट श्यामबहादुर खड्का, हरिप्रभा खड्गी, मिनकृष्ण महर्जन, सुरजचन्द्र लामिछाने र विमल ठकुरीलाई शपथ गराएका हुन् । उनीहरुले क्रमशः खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालय, सामाजिक विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

१४ सदस्यीय बनेको मन्त्रिपरिषदमा बुधबार नै विना विभागीय मन्त्रीको जिम्मेवारी लिएका मदुकुमार श्रेष्ठको जिम्मेवारी भने पछि तोकिने भएको छ । मुख्यमन्त्री लामाले बिहीवार आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका रसुवाका प्रभात तामाङलाई हटाएर कुन्दन राज काफ्लेलाई जिम्मेवारी दिएका छन् ।

योसँगै बागमती प्रदेशमा मन्त्रालयको संख्या १३ र मन्त्री १४ पुगेका छन् । मुख्यमन्त्रीसहित कांग्रेसबाट ८ र एमालेबाट ६ जना मन्त्री बनेका छन् । यसअघि बिहीबार कांग्रेसका तर्फबाट चार जना मन्त्री थप गरी शपथ गराउने तयारी गरेपछि सत्ता साझेदार दल एमालेले असहमति जनाएको थियो ।  कांग्रेसभित्रै पनि मन्त्रालय बाँडफाँडको विषयलाई लिएर विवाद चर्किएको थियो । त्यसवेला सहमतिको प्रयास असफल भएपछि शपथ कार्यक्रम नै रोकिएको थियो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७