राष्ट्रपतिले मन्त्रिपरिषदमा भाग माग्नु लाजमर्दो : कोइराला

‘बीपीको सिद्धान्त अलिअलि शेखरले बचाएका छन्’


२०८१ श्रावण १२ शनिबार ०७:५३ बजे

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले राष्ट्रपतिले कोटा माग्नु लाजमर्दो भएको टिप्पणी गरेकी छिन् । आज (शनिबार) काठमाडौंमा आयोजित कार्यक्रममा कोइरालाले यस्तो बताएकी हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा भाग मागेको भन्ने सुन्नमा आएको भन्दै यो लाजमर्दो भएको बताइन् । ‘राष्ट्रपति पदको गरिमा आफ्नै छ भाग मागेर बस्ने होइन’ उनले भनिन् । राष्ट्रपति पार्टीको नभएर साझा पद भएकाले त्यसको गरिमा राख्न उनले आग्रह गरिन् ।
 

‘बीपीको सिद्धान्त अलिअलि शेखरले बचाएका छन्’
नेतृ एवम पूर्वमन्त्री कोइरालाले कांग्रेसलाई एक तहका नेता तथा कार्यकताहरूले बद्नाम गरिरहेको टिप्पणी गरेकी छिन् । उनले कांग्रेस अहिले सिद्धान्तविहीन जस्तै भएको भन्दै बीपी कोइरालाको सिद्धान्त आत्मसात गरे मात्र संगठन जोगाउन सकिने पनि बताइन् । 

कोइरालाले पुर्खाहरूले संघर्ष गरेर जन्माएको पार्टीलाई एक तहका मानिसहरुले बद्नाम गर्न खोजिरहेकाले यसमा सजग हुनुपर्ने धारणा राखिन् । ‘हामी सबै एक भएर पार्टीलाई बचाउनु पर्छ । कांग्रेस गणेशमान सिंह, सुवर्णशमशेर, किशुनजी जस्ता नेताहरूले जन्माएर गर्विलो इतिहास बनाएको पार्टीलाई एक तहका मान्छेहरूले बद्नाम गर्न खोजिरहेका छन् । कांग्रेस अहिले बद्नाम भएको छ । अब यसलाई सुधार्ने काम समग्र नेता कार्यकर्ताको हो ।’ 

उनले भनिन्, ‘पार्टीभित्र जसले बीपीको विरासत बोकेको छ, जसले बीपीको सिद्धान्तलाई आत्मसात गरेको छ उसले मात्र यो पार्टीलाई बचाउन सक्छ । मलाई अरु पार्टीबाट कुनै आशा पनि छैन, सरोकार पनि छैन । तर नेपाली कांग्रेस आज सिद्धान्तविहीन भएको छ, पार्टी बचाउन ढिला भइसकेको छ ।’ 

सिद्धान्त बिना राजीतिक पार्टी बाँच्न नसक्ने बताएकी कोइरालाले कांग्रेस अहिले त्यही अवस्थामा पुगेको बताइन् । डा. शेखर कोइरालाले बीपीको सिद्धान्तलाई आत्मसाथ गरिरहेको उल्लेख गर्दै उनले सबैले उनलाई समर्थन गर्नुपर्ने बताइन् ।  

‘शेखर कोइरालाले बीपीको सिद्धान्तलाई केही हदसम्म बचाउने काम गर्नु भएको छ । उहाँलाई हामी सबैले खुलेर समर्थन गर्नुपर्छ । बीपीले परिकल्पना गर्नुभएको राष्ट्रियता, प्रजातन्त्र, समाजवाद केही पनि नरहेको अवस्थामा शेखरले केही हदसम्म त्यो प्रयास गर्नुभएको छ’ उनले भनिन् । केही दिनअघि मात्र नेतृ कोइराला विशालनगरस्थित शेखरको सचिवालयमा पुगेर भावी सभापतिका रुपमा शेखरलाई अघि बढाउनुपर्ने बताएकी थिइन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७