सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने


२०८१ श्रावण २८ सोमबार ११:३० बजे

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले साउन ३० गते विश्वासको मत लिने भएका छन् । आगामी बुधवार बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने मुख्यमन्त्री शाहले तयारी गरेको मुख्यमन्त्रीका स्वकीय सचिव राम विष्टले जानकारी दिए ।

नेपाली कांग्रेस संसदीय दलका नेता शाह कांग्रेस र नेकपा (एमाले) को समर्थनमा साउन २० गते दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए । शाह नेतृत्वको सरकारमा अहिले काङ्ग्रेस एमालेसहित नागरिक उन्मुक्ति पार्टी पनि सहभागी छ ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्र सदनबाट विश्वासको मत लिने प्रावधान रहेको छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमत प्राप्त गर्न २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ । सत्तारुढ दल कांग्रेसका १८, एमालेका ११ सांसदकै समर्थनमा पनि शाहको विश्वासको मत पुग्छ । नागरिक उन्मुक्ति पार्टीले पनि शाहलाई विश्वासको मत दिने जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७