अक्सनबाट आठ टिमले भित्र्याए यी ८० नेपाली खेलाडी, कुन टोलीमा को ? (सूचीसहित)


०३:३८ बजे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सनबाट ८० नेपाली खेलाडी भित्र्याइएको छ । नेपाल प्रिमियर लिग (एनपिएल) का विभिन्न टोलीमा खेलाडी आबद्ध गर्नका लागि आइतबार बोलकबोल (अक्सन) गरिएको हो । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आउँदो मंसिर १६ देखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने प्रतियोगिताका खेलाडी आठ टोलीले १०–१० खेलाडी आफ्नो टोलीमा भित्र्याएका छन् । 

घरेलु खेलाडीलाई तीन क्याटागोरीमा विभाजन गरिएको थियो । ‘ए’ क्याटागोरीलाई १० लाख, ‘बी’ क्याटागोरीलाई १० लाख र सी क्याटागोरीलाई २ लाखबाट खेलाडी अक्सन थालिएको थियो । जसमा ‘ए’ लाई उच्चतम १५ लाख, ‘बी’ लाई १० लाख र ‘सी’ लाई ५ लाख मूल्य तोकिएको थियो ।

‘ए’ क्याटागोरीका खेलाडी १५ लाख रूपैयाँसम्म बिक्री भएका छन् । योसँगै अब प्रत्येक टोलीले ११–११ खेलाडी भएका छन् । सबै टोलीमा यसअघि एक–एक खेलाडी मार्कीको रुपमा भित्रिएका थिए । आज १०–१० खेलाडी अक्सनबाट भित्रिएका छन् । तीन–तीन खेलाडी ‘ए’ र ‘सी’ क्याटागोरी तथा चार खेलाडी ‘बी’ क्याटागोरीबाट टोलीमा आबद्ध भएका छन् । अब चार–चार विदेशी खेलाडी र एक स्थानीय खेलाडी आबद्ध भएपछि सबै टोलीमा १६–१६ खेलाडी पुग्ने छन् ।

खेलाडी खरिदमा सबैभन्दा धेरै लुम्बिनीले ८४ लाख ७५ हजार र सबैभन्दा कम चितवनले ६३ हजार खर्च गरे ।
पहिलो चरणमा विक्री नभएका खेलाडीलाई दोस्रो चरणमा सहभागी गराइएको थियो । पहिलो चरणमा विक्री नभएका विनोद भण्डारी, शरद भेषवाकर, रसिद खान, कमलसिंह ऐरी जस्ता खेलाडी दोस्रो चरणबाट विक्री भएका छन् ।
हेर्नुस् कुन टोलीमा को खेलाडी आबद्ध ?
विराटनगर किंग्स

सन्दीप लामिछाने – मार्की
लोकेश बम 
प्रतिश जीसी 
बशीर अहमद 
राजेश पुलामी मगर 
जितेन्द्र कुमार मुखिया 
अनिल खरेल 
दिपक बोहरा 
सुभाष भण्डारी 
नरेन भट्ट 
मृनाल गुरुङ 

चितवन राइनोज 
कुशल मल्ल – मार्की
रिजन ढकाल
कमल सिंह ऐरी
शरद भेषावकर
बिपिन रावल
सन्तोष कार्की
दिपेश श्रेष्ठ
अमर सिंह रटैला
दिपक बोहरा
रंजीत कुमार
गौतम केसी
जनकपुर बोल्ट्स
आसिफ शेख – मार्की
ललित राजवंशी
अनिल कुमार साह
रुपेश  सिंह
किशोर महतो
आकाश त्रिपाठी
शुभ कंसाकर
शेर मल्ल
हेमन्त धामी
अरनिको प्रसाद यादव
तुलबहादुर थापा मगर

कर्णाली याक्स 
सोमपाल कामी– मार्की
गुलशन कुमार झा
नन्दन यादव
मौसम ढकाल
अर्जुन घर्ती
देव खनाल
ऋत गौतम
भुवन कार्की
दिपेन्द्र रावत
दिपक डुम्रे
युनिश बिक्रम सिंह ठकुरी

काठमाडौं गोर्खाज
करण केसी – मार्की
शाहब आलम
भीम शार्की
रसिद खान
शंकर राना
दिपेश प्रसाद कँडेल
सुमित महर्जन
कृष्ण कार्की
बिबेक केसी
प्रतीक श्रेष्ठ
राजु रिजाल

लुम्बिनी लायन्स 
रोहित कुमार पौडेल– मार्की
सूर्य तामाङ
बिबेक यादव
सन्दीप जोरा
आशुतोष घिरैया
तिलक राज भण्डारी
दुर्गेश गुप्ता
अर्जुन साउद
दिनेश अधिकारी
अभिषेश गौतम
बिकाश अग्री

पोखरा एभेन्जर्स 
कुशल भुर्तेल – मार्की
सागर ढकाल
आकाश चन्द
किरण कुमार ठगुन्ना
नारायण जोशी
बिपिन खत्री
दिलीप नाथ
त्रित राज दास
सुनाम गौतम
दिनेश खरेल
अमृत गुरुङ

सुदूरपश्चिम रोयल्स
दिपेन्द्र सिंह ऐरी – मार्की
आरिफ शेख
अविनाश बोहरा
विनोद भण्डारी
इशान पाण्डे
अर्जुन कुमाल
खडक बहादुर बोहरा
नरेश बुढायर
भोजराज भट्ट
अमित श्रेष्ठ
नरेन साउद
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७