सुनको भाउ हालसम्मकै उच्च, तोलाको कति पुग्यो ?


२०८१ असोज ३० बुधबार १७:१२ बजे

काठमाडौं । नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबारमा नयाँ कीर्तिमान बनेको हो । आज १ हजार ३ सय रुपैयाँले बढेसँगै तोलाको एक लाख ६१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

अघिल्लो दिन सुन १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।  यता चाँदीको मूल्य पनि १ हजार ९ सय ५० रुपैयाँ पुगेको छ । अघिल्लो दिन १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ६ सय ७४ अमेरिकी डलर र चाँदी ३१.६७ अमेरिकी डलर प्रतिऔंस मूल्यमा कारोबार भएको एजेन्सीहरुले उल्लेख गरेका छन् । असोज महिनामा पनि सुनले नयाँ नयाँ कीर्तिमान बनाइरहेको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७