ट्रम्प राष्ट्रपति भएसँगै बढ्यो अमेरिकी डलरको भाउ, सुनको मूल्य घट्यो


१३:१४ बजे

काठमाडौं । बिहीबार एकै दिन सुनको भाउ प्रतितोला ४ हजार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २०१५ रुपैयाँ रहेको चाँदी यस दिन १९६० मा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदी मूल्यमा आएको उच्च गिरावटले नेपालमा प्रभाव देखिएको हो ।अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा दैनिक मूल्य समायोजन हुँदै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एकै दिन ३.२ प्रतिशत हाराहारीमा घटेको छ । बुधबार सुरुवाती कारोबारमा प्रतिऔंस २७४५ अमेरिकी डलर रहेको सुन बिहीबार सुरुवाती समयमा २६५७ सम्म झरेको थियो । अमेरिकी राष्ट्रपतिमा डोनल्ड ट्रप निर्वाचित भएसँगै डलर मजबुत हुँदा सुनचाँदीको मूल्यमा उच्च गिरावट देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्पको उदयले मुद्रास्फिति बढ्न सक्ने अनुमान गरिएको छ । 

मुद्रास्फिति दवावमा रहँदा केन्द्रीय बैंक फेडले लिएको ब्याजदर कटौतीको नीतिमा पनि प्रभाव पर्न सक्नेछ । अमेरिकामा ब्याजदर घट्दै जाने अनुमानले सुनमा लगानी आकर्षित भएको थियो, तर अबमा दिनमा मुद्रास्फिति बढ्न गएमा ब्याजदर घट्ने सम्भावना कमजोर हुनेछ । यसले गर्दा सुनको मूल्यमा प्रभाव परेको रोयटर्सले उल्लेख गरेको छ । अर्कोतर्फ डलर मजबुत भएको छ । डलरको भाउसँग सुन र कच्चा तेलको मूल्य ट्रेन्ड प्रायः विपरित रहने गरेको छ । 

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै अमेरिकी डलरको भाउ बढेको छ।  नेपाल राष्ट्र बैंकले बिहीबारका लागि १ अमेरिकी डलरको विनिमय दर १३५.१६ रुपैयाँ (बिक्री दर) तोकेको छ। यो दर अहिलेसम्मकै उच्च हो । मंगलबार भएको चुनावमा कमला ह्यारिसलाई हराउँदै ट्रम्प दोस्रो पटक बुधबार अमेरिकाको राष्ट्रपति बनेका हुन्। यद्यपि औपचारिक घोषणा हुन बाँकी छ । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएसँगै अमेरिकी डलरको भाउ बढेको छ । 

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि १ अमेरिकी डलरको विनिमय दर १३५.१६ रुपैयाँ (बिक्री दर) तोकेको छ । यो दर अहिलेसम्मकै उच्च हो । मंगलबार भएको चुनावमा कमला ह्यारिसलाई हराउँदै ट्रम्प दोस्रो पटक बुधबार अमेरिकाको राष्ट्रपति बनेका हुन् । यद्यपि औपचारिक घोषणा हुन बाँकी छ । राष्ट्र बैंकले आजका लागि १ अमेरिकी डलरको खरिद मूल्य भने १३४.५६ रुपैयाँ तोकेको छ । बुधबार १ अमेरिकी डलरको विनिमय दर १३४.८८ रुपैयाँ थियो भने मंगलबार १३४.८९ रुपैयाँ थियो । 

आजका लागि युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा कायम गरिएको छ । यूके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७३ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ ९७ पैसा, स्विस फ्रयांक एकको खरिददर एक सय ५३ रुपैयाँ ४८ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ १६ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९७ रुपैयाँ १८ पैसा, सिंगापुर डलर एकको खरिददर एक सय ८७ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ३२ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७३ पैसा र बिक्रीदर आठ रुपैयाँ ७७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १८ रुपैयाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०८ पैसा कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९३ पैसा र बिक्रीदर तीन रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३० रुपैयाँ ७९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६१ पैसा र बिक्रीदर नौ रुपैयाँ ६६ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२ रुपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

यस्तै हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७ रुपैयाँ ३८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ १९ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ ९३ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ५२ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ । यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७