अमेरिकामा १३२ वर्षपछि इतिहास दोहोर्‍याउँदै ट्रम्पको शानदार विजय


०४:४४ बजे

काठमाडौँ । अमेरिकामा १३२ वर्षपछि इतिहास उल्ट्याउँदै पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प एक कार्यकालको अन्तरमा फेरि दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । अमेरिकी राष्ट्रपति निर्वाचनको इतिहासमा एक पटक ग्याप राखेर फेरि उही व्यक्ति अर्को कार्यकालका लागि राष्ट्रपति निर्वाचित हुने उनी दोस्रो व्यक्ति बनेका छन् ।

सन् २०१६ मा हिलारी क्लिन्टनसँग चुनाव जितेर ह्वाइट हाउस प्रवेश गरेका डोनाल्ड ट्रम्पले त्यो समयमा लोकप्रिय मत गुमाए पनि इलेक्टरहरुको मतले जितेका थिए । ३०६ मत ट्रम्पको आएर २७० को थ्रेसहोल्ड कटेर उनी विजय भएका थिए । सन् २०२० को चुनावमा भने उनले २३२ मात्रै इलेक्टरको मत पाएर पराजित भए । यो वर्षको चुनावमा फेरि डोनाल्ड ट्रम्प ह्वाइट हाउस पुग्ने भएका छन् । 

१३२ वर्षपछि उल्टियो इतिहास
सन् १८९२ नोभेम्बर ८ मा भएको चुनावमा अमेरिकी राष्ट्रपतिमा विजय भए ग्रोभर क्लिभलेन्ड । उनी त्योभन्दा अगाडिको चुनावमा पराजित भएका थिए । राष्ट्रपति भएपछिको चुनाव पराजित भएर फेरि अर्को चुनाव जित्ने प्रथम रेकर्ड क्लिभलेन्डकै बन्यो ।

डेमोक्रेटिक पार्टीका उम्मेदवार उनले २७७ इलेक्टर मत ल्याएर विजयी भएका थिए । सन् १८८९ को चुनावमा भने १६८ इलेक्टर मतमात्रै ल्याएर उनी बेन्जामिन ह्यारिसनसँग पराजित भएका थिए । उनी पहिलो कार्यकालका लागि सन् १८८५ मा निर्वाचित भएका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७