नेपाली सेनामा २८ सय जनालाई खुल्यो जागिर, कति चाहिन्छ शैक्षिक योग्यता ? (विज्ञापन)


२०८१ कार्तिक ३० शुक्रबार १२:१२ बजे

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा जागिर खुलाएको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्डाले ठूलो संख्यामा नेपाली सेनामा सैन्य तथा विभिन्न ट्रेडका लागि दरखास्त आह्वान गरेको हो । 

जंगी अड्डाका अनुसार २,५१० जना सैन्यको माग भएको छ । यस्तै कुचीकार लोहार केशकर्तक बकासी लगायतका विभिन्न पदका लागि १२५ जनाले जागिर पाउने भएका छन् । यस्तै प्राड- प्राविधिक-हवाइ र विविध सेवाका अधिकृत ११९ जना मागिएको छ ।

जसमा समाचार सम्पादक, बाचक लाइब्रेरियन लगायत छन् । सैन्य पदका लागि कक्षा आठ उत्तीर्ण गरेको भए पुग्ने उल्लेख छ । दरखास्त दिने अन्तिम म्याद मंसिर २९ सम्म तोकिएको छ । दोब्बर दस्तुर बुझाई पुस ६ गतेसम्म दरखास्त दिन सकिने नेपाली सेनाले जनाएको छ ।
हेर्नुस् विज्ञापन
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७