आफ्नै पार्टीका सांसद बजगाईलाई कारबाहीको माग गर्दै मन्त्री पाण्डेको उजुरी


२०८१ कार्तिक ३० शुक्रबार १४:२८ बजे

काठमाडौँ । आफ्नै पार्टीका सांसद राजेन्द्र बजगाईलाई कारवाही माग गर्दै कांग्रेस सहमहामन्त्री तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री बद्री पाण्डेले उजुरी दिएका छन् । मन्त्री पाण्डेले पार्टी अनुशासन समिति तथा संसदीय दलमा पार्टी नेता तथा सांसद बजगाईंलाई कारवाही माग गर्दै उजुरी दर्ता गराएका हुन् ।

सांसद बजगाईले पार्टी अनुशासन र हितविपरित काम गरेको भन्दै अनुशासनको कारबाही माग गर्दै कांग्रेस अनुशासन समिति र संसदीय दलमा उजुरी दर्ता गराएको पाण्डेको सचिवालयले जनाएको छ । सांसद बजगाईंले रोयल टाइगर रिक्रियसनलाई क्यासिनो सञ्चालनको लाइसेन्स दिँदा सञ्चालकले मन्त्रीलाई करोडौं घुस बुझाएको आरोप लगाउँदै सामाजिक सञ्जालमा लेखेका थिए । आरोपमा सांसद बजगाईले उक्त पैसाबाट मन्त्रीले घर किनेको समेत दाबी गरेका थिए । 

सांसद बजगाईको आरोपको प्रतिवाद गर्दै मन्त्री पाण्डेले मतियार र बिचौलियासँग कहिल्यै पनि सम्झौता नगर्ने भन्दै इमानदार भएर काम गर्न खोजे पनि स्वार्थ समूहले घेराबन्दीमा पार्न खोजेको गुनासो गरेका थिए । उनले आफूले करोड होइन कौडी मात्र खाएको पुष्टि गरे पनि राजनीतिक जीवन परित्याग समाप्त गर्न तयार रहेको भन्दै सांसद बजगाईंलाई चुनौती दिएका थिए । उनले घुस खाएको पुष्टि गरे पशुपतिनाथको ढोका अगाडि नै आत्महत्या गर्न तयार रहेको बताएका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७