प्रधानमन्त्री ओली चीन भन्दा अगाडि भारत भ्रमणमा जाने


२०८१ कार्तिक ३० शुक्रबार १४:१३ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनभन्दा अगाडि भारत भ्रमण जाने भएका छन् । प्रधानमन्त्री ओली चीन जानुअघि भारत भ्रमण निश्चित भएको र मिति तय गर्ने तयारी भइरहेको बताइएको छ । प्रधानमन्त्री ओली आउँदो डिसेम्बर पहिलो साता भारत जान सक्ने बताइएको हो ।

भारतबाट फर्किएपछि मात्रै प्रधानमन्त्री चीन जानेछन् । भारत भ्रमण निश्चित भएको पुष्टि गर्दै तयारी अन्तिम चरणमा पुगेको प्रधानमन्त्री ओलीको सचिवालय स्रोतले जानकारी दिएको छ । करिब १५ दिनको तयारी समय राखेर दुवै पक्षले मिति सार्वजनिक गर्नेछन् । आज नोभेम्बर १५ भइसकेकाले केही दिनमै मिति सार्वजनिक गरिने स्रोत बताउँछ ।

प्रधानमन्त्रीको भारत भ्रमणका कारण चीनतर्फको भ्रमण केही पर धकेलिन पनि सक्ने छ । उत्तरी छिमेकी चीनबाट प्रधानमन्त्री ओलीलाई भ्रमणको औपचारिक निम्तो प्राप्त भइसकेको छ । चिनियाँ पक्षले यसअघि नै भ्रमणका लागि १७–२१ मंसिर (२–६ डिसेम्बर) को मिति प्रस्ताव गरेको छ । प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग अमेरिकाको न्युयोर्कमा गत असोज ७ गते द्विपक्षीय भेटवार्ता भएको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७