हामी उन्नत लोकतान्त्रिक अभ्यासमा छौं : मुख्यमन्त्री कार्की


२०८१ पौष ६ शनिबार ०७:०४ बजे

सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा उन्नत लोकतन्त्रको अभ्यास भइरहेको  बताएका छन् । आजदेखि इटहरीमा सुरु भएको नेपाल जेसिजको ५१औं राष्ट्रिय महाधिवेशनमा उनले सो कुरा बताएका हुन् । 

लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ बनाउन समाजका हरेक वर्गले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । नेपाल जेसिजले देशभर विधिको शासनका पक्षमा अभियान चलाउनुपर्ने उनले बताए । उनले भने, ‘जेसिजले प्रदेश सरकारसँग सहकार्य गर्ने क्षेत्र धेरै छन् त्यसनिम्ति प्रदेश सरकार तत्पर छ ।’ रासस
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७