राजनीतिक अस्थिरताबाट मुलुकलाई जोगाउन वर्तमान सरकार : सञ्चारमन्त्री


२०८१ पौष ६ शनिबार ०८:३४ बजे
फाइल फोटो

गण्डकी । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राजनीतिक अस्थिरताबाट मुलुकलाई जोगाउन नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेको साझेदारीमा वर्तमान सरकार गठन भएको बताएका छन् । 

कास्की जिल्लाकोमाछापुच्छ्रे गाउँपालिका–६ स्थित बराह माध्यमिक विद्यालयको ५७औँ वार्षिकोत्सव एवं प्राविधिक शिक्षा रजत वर्ष समारोहको आज उद्घाटन गर्दै उनले बारम्बार सरकार परिवर्तन हुन थालेपछि त्यसप्रति जनतामा नैराश्यता बढेको बताए ।  उनले देशमा व्यवस्था परिवर्तन भए  पनि जनताका विकासका चाहना पूरा नभएकाले वर्तमान सरकार जनअपेक्षा पूरा गर्ने दृढताका साथ कार्यक्षेत्रमा क्रियाशील रहेको बताए । 

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले विकास–निर्माणमा बाधक बनेका नीति, ऐन कानुन परिमार्जन गरेर सरकार अघि बढ्ने बताए । सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कायम गर्न नसक्दा विद्यार्थी र अभिभावकको आकर्षण संस्थागत विद्यालयततर्फ बढेको बताउँदै मन्त्री गुरुङले भने, ‘सरकारले एउटा हातमा शैक्षिक प्रमाणपत्र र अर्को हातमा सीप प्रदान गरी व्यावसायिक बनाउने नयाँ शिक्षा नीति ल्याउने सोच बनाएको छ ।’

सरकारी खर्चअनुसार शैक्षिक गुणस्तर कायम नहुने परिपाटीको अन्त्य हुनुपर्नेमा जोड दिँदै उनले त्यसका लागि शिक्षक, अभिभावक र विद्यार्थी लाग्नुपर्ने बताए ।  मन्त्री गुरुङले विद्यालय परिसरमा निर्मित जग्गादाताको स्तम्भ र प्राविधिक (भेटेरिनरी) सञ्चालनको रजत वर्ष शिलालेखको अनावरण पनि गरेका थिए । उनले विद्यालयका सहयोगदाता, पूर्वविद्यार्थी, उत्कृष्ट कर्मचारीलाई सम्मान गरे । माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनराज गुरुङले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन स्तरीय शिक्षामा जोड दिए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशमान रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षाप्रेमी टङ्कनाथ शर्मा, विद्यालयका प्रधानाध्यापक सुरेन्द्र गुरुङलगायत वक्ताले गण्डकी क्षेत्रको शैक्षिक उन्नयनमा बराह माविले निर्वाह गरेको योगदानको सराहना गरे । त्यस अवसरमा विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । रासस
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७