चेपाङ समुदायबाट स्नातकोत्तर गर्ने रमिला सम्मानित
चितवन । चेपाङ समुदायबाट गोरखा जिल्लाबाट स्नातकोत्तर गर्ने गण्डकी गाउँपालिका–१ मकैसिङकी रमिला चेपाङ सम्मानित भएकी छन् । शनिबार इच्छाकामना न्यूज डटकमको सातौं वार्षिकोत्सवका अवसरमा इच्छाकामना–३ चुम्लिङटारमा उनी सम्मानित भएकी हुन् ।
बागमती प्रदेशका वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवालले चेपाङलाई सम्मानपत्र प्रदान गरेका थिए। मन्त्री सिलवालले सीमान्तकृत समुदायका महिलाहरूका लागि प्रमिला प्रेरणाको स्रोत बनेको बताए ।
विसं २०४८ कात्तिक ७ गते बेनिघाट–रोराङ गाउँपालिका–६ धादिङमा जन्मिएकी रमिला २०६६ सालमा गोरखाको गण्डकी गाउँपालिका–१ मा विवाह गरेर आएकी हुन् । उनी स्नातकोत्तर तह (एमएड) उत्र्तीण गर्ने चेपाङ समुदायबाट जिल्लाकै पहिलो बनेकी छन् । रमिला २०७६ सालदेखि शिक्षण पेशामा आबद्ध छिन् ।