वर्षा र हिमपातको सम्भावना


२०८१ पौष ७ आइतबार १३:५३ बजे

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक सामान्य प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावले आज देशभरका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ ।

आज (आइतबार) बिहान कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, बाग्मती, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ ।

तराई क्षेत्रमा मुख्यतया सफा रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । हिमाली क्षेत्रमा आंशिक बदली रही राति हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । बिहान तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र तराईमा कुहिरोको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७