न्यायालयमा हुने बेथितिविरुद्ध बारको लडाई निरन्तर : अध्यक्ष घिमिरे


२०८१ पौष ७ आइतबार १९:३६ बजे
फाइल फोटो

काठमाडौं । कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ६९ औं स्थापना दिवस मनाएको छ ।दिवसका अवसरमा आइतबार बार परिसर रामशाहपथमा पहिलो बार कार्यसमितिमा रहेका कार्यसमिति सदस्यहरूको तस्बिरमा माल्यार्पण गरेर बार डे मनाइएको हो । 

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले बार दिवस-२०८१ विभिन्न कार्यक्रमको आयोजना गरि देशैभरका कार्यालयहरूमा मनाइएको जानकारी दिएका छन् । बारले निरंकुश व्यवस्थासँग लडेको, अन्य थुप्रै न्यायिक सुधारहरूमा लडिरहेको उनले बताए ।

उनले न्यायालयमा हुने गरेको बेतिथिका विरुद्ध बारको लडाई निरन्तर रहेको बताएका छन् । घिमिरेले न्यायाधीश नियुक्तिमा भएको ढिलाइमा बारको कुनै भूमिका नरहेको भन्दै छिटै बारका तर्फबाट नाम पठाइने जानकारी दिए । न्यायपरिषद्ले गर्नुपर्ने धेरै काम नगर्ने र त्यसको दोष बारतर्फ देखाउन प्रवृतिले बेला–बेलामा समस्या आउने गरेको उनले बताए । २०१३ साल पुस ७ गते स्थापना भएको बार एशोसिएशनले प्रत्येक वर्ष पुस ७ गते बार डे मनाउँदै आएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७