सम्पत्ति जफतको माग गर्दै रवि पत्नी निकितालाई पनि प्रतिवादी बनाएर मुद्दा


२०८१ पौष ७ आइतबार १९:१७ बजे
फाइल फोटो

पोखरा । सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ३१ जनाविरूद्व आज (आइतबार) मुद्दा दर्ता भएको छ । कास्की जिल्ला अदालतमा आज मुद्दा दर्ता भएको हो ।

यसैबीच रविकी पत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । निकितालाई कसुरमा नभई सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ। लामिछानेले ठगी गरेको रकम निकिताको खातामा जम्मा गरेको अभियोग छ ।

निकिताका नाममा भएको सम्पत्ति समेत जफत गर्न माग गरिएको हो । सम्पत्ति जफतका लागि निकितासँगै पद्मा बन्जाडे, रोचक जोशी, राधा पछाई, मिना पछाईलाई प्रतिवादी बनाइएको अभियोग पत्रमा उल्लेख छ । सहकारी ठगीको रकम निकिताको खातामा जम्मा गरेको आरोप लगाउँदै निकिताका नाममा भएको सम्पत्ति जफत गर्न माग गरिएको हो।

रवि लामिछाने र छविलाल बन्जाडे (जोशी) सहितका प्रतिवादीहरूलाई तीन वटा कसुरमा अभियोग पत्र दायर गरिएको छ । उनीहरूलाई सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरणको कसुरमा अभियोग लगाइएको छ ।  यस्तै सोही कसुरमा रामबहादुर खनाल, दिपेशकुमार पुन, नेत्रपाणी बास्तोला, देवेन्द्रबाबु राई, विज्ञान राई, लिला पछाई, विश्वविक्रम राई, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्तबाबु राई र ओमप्रकाश गुरुङलाई प्रतिवादी बनाइएको छ ।

यस्तै बीरबहादुर रानाभाट, दिपा न्यौपाने, कल्पनाकुमारी श्रेष्ठ, ज्ञानबहादुर बम्जन, मिना गुरुङ, सूर्यध्वज न्यौपाने, आरती गुरुङ, लिलाबहादुर गुरुङ, पेशलकुमार राई, कृष्णबहादुर गुरुङ, देवकुमार नेपाली, शकुन्तला गुरुङ, मिश्रकुमारी गुरुङ, रितु ताम्राकार र लक्ष्मीप्रसाद पौडेलविरुद्ध अभियोग पत्र दायर गरिएको हो । उनीहरूविरुद्ध व्यक्तिगत र सामूहिक बिगो कायम गरिएको छ । उनीहरूविरुद्ध एक अर्ब ५१ करोड ४० लाख १९ हजार १ सउ ९४ रुपैयाँ बिगो दाबी गरिएको छ । जीबीसहित १९ जनाविरुद्ध गत शुक्रबार नै यही बिगो र थप कसुरमा मुद्दा दायर भइसकेको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७