विश्व शरणार्थीको संख्या १२ करोड २० लाख नाघ्यो : युएनएचसिआर


२०८१ पौष १५ सोमबार १८:२६ बजे

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (युएनएचसिआर) का अनुसार सन् २०२४ मा विश्वभर शरणार्थीको संख्या १२ करोड २० लाख नाघेको छ । जर्मनीमा युएनएचसिआरका राष्ट्रिय निर्देशक पिटर रुहेनस्ट्रोथ–बाउरले शरणार्थीको तथ्याङ्कहरूलाई चिन्ताजनक रूपमा वर्णन गरे । 

युएनएचसीआरको जर्मन साझेदारको वार्षिक प्रतिवेदनले सन् २०२३ मा विश्वव्यापी शरणार्थी जनसङ्ख्या ११ करोड ७४ लाख अनुमान गरिएको देखाएको छ । यो वृद्धि मुख्यतया सुडानमा गृहयुद्धको कारण हो ।

अप्रिल सन् २०२३ मा हिंसा बढेपछि एक करोड १८ लाख भन्दा बढी मानिस सुडानबाट भाग्न बाध्य भएको बयानमा उल्लेख छ । प्रजातान्त्रिक गणतन्त्र कङ्गो तथा म्यानमारको अवस्थाले शरणार्थी संख्यामा बृद्धिमा योगदान पुर्‍याएको छ। गाजा र लेबनानमा द्वन्द्वको परिणामस्वरूप १७ लाख भन्दा बढी मानिसहरूलाई जबरजस्ती विस्थापित भएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७