सर्लाहीमा चल्यो पाँच राउण्ड गोली


०८:१० बजे

सर्लाही । मादक पदार्थ सेवन (मापसे) गरेका वडाध्यक्षसहित १५० जनाको समूहले प्रहरीको गाडीमा आक्रमण गरेपछि सर्लाहीमा गोली चलेको छ । सर्लाहीको रामनगर पाउँपालिका–५ का वडाध्यक्ष श्रीनन्दन प्रसाद यादवसहितको समूहले बैजनाथमा प्रहरीमाथि आक्रमण गर्न थालेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ । गए राति भएको उक्त घटनामा पाँच राउण्ड गोली चलेको छ । 

मापसेमा परेका युवाहरूले झगडा गर्न थालेपछि वडाध्यक्ष यादवको नेतृत्वमा १५० जनाको टोली चौकी घेराउका लागि आइपुगेका थिए । इलाका प्रहरी कार्यालय गडहिया डुमरिया सर्लाहीका प्रमुख, प्रहरी निरीक्षक उज्ववल कार्कीको कमान्डमा मापसे चेकिङ भइरहेको थियो ।

सो क्रममा वडाध्यक्ष यादव पनि मादक पदार्थ सेवन गरेर आएका मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, एसपी सुवास बोहोराले जानकारी दिएका छन् । घटनामा केही स्थानीयसहित एक जना प्रहरी घाइते भएका छन् । एसपी बोहराका अनुसार प्रहरी हवल्दार शैलेन्द्र राय यादवको टाउकोमा चोट लागेको छ । उनलाई उपचारका लागि अस्पताल पठाइएको जनाइएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७