स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका दुई जना धरौटीमा रिहा


०७:४३ बजे

काठमाडौं । काठमाडौं कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत रकम ठगी प्रकरणमा पक्राउ परेका दुई प्रतिवादी धरौटी बुझाएर रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासले मंगलबार दुवै जना प्रतिवादीलाई धरौटीमा छाड्न आदेश दिएको स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा निवर्तमान लेखा समिति सदस्य सुनिता नेवा र निवर्तमान सञ्चालक समिति सदस्य कमल सुवेदी थिए । सुनिता नेवासँग चार लाख र कमल लामासँग तीन लाख धरौटी माग भएको श्रेस्तेदार शर्माले बताए ।

‘उहाँहरूले धरौटी बुझाएर छुट्नु भएको छ । बाँकीको हकमा अन्य ठाउँको प्रक्रिया सकेपछि यहाँ झिकाएर सुनुवाइ अघि बढ्छ,’ उनले भने । अन्य प्रतिवादीहरू राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्व डीआइजी छविलाल जोशी र कुमार रम्तेल कास्कीमा छन् । ३९ जना प्रतिवादी रहेको स्वर्णलक्ष्मी सहकारी ठगीमा पाँच जना बाहेक अन्य फरार छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७