इटहरीको अम्बे सहकारी समस्याग्रस्त घोषित, ६१ करोड बढी अपचलन


०७:५१ बजे

सुनसरी । कोशी प्रदेश सरकारले सुनसरीको इटहरीमा रहेको अम्बे कोशी बचत तथा ऋण सहकारीलाई ‘समस्याग्रस्त’ घोषणा गरेको छ । केही दिनअघि  प्रदेश सरकार आफैले संकटग्रस्त सहकारीको व्यवस्थापन गर्न समिति बनाएको थियो । समितिले काम थाल्नु अघि नै सरकारले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो । मंगलबार सरकारले यो निर्णय लिएको हो ।

मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार प्रदेश सहकारी ऐनको दफा ८४ को उपदफा (२) मा सरकारले समस्याग्रस्त सहकारीलाई संकटग्रस्त घोषणा गर्ने अधिकार भएको र त्यसरी संकटग्रस्त घोषित सहकारीको व्यवस्थापन सरकारले भर्खरै गठन गरेको समितिले गर्ने जानकारी दिएका छन् । 

अम्बे कोशीका सञ्चालकहरूले बचतकर्ताहरूको करिब ६१ करोड रुपैयाँभन्दा बढी अपचलन गरेको आरोप छ । बचत अपचलनको आरोपमा सहकारी संस्थाका अध्यक्ष फणिन्द्र मगरसहित सञ्चालकहरू शिला गजमेर, राहुल अग्रवाल र कुमार आले पक्राउ परिसकेका छन् ।

प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले पनि सहकारीका अध्यक्षसहित सञ्चालकहरूका विरुद्धमा ठगी मुद्दा दायर गरेको छ । सोही मुद्दाका आधार उनीहरू पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सहकारीले  विराटनगर, बिराटचोक र झापाको दमक गरी तीन स्थानमा सेवा केन्द्रसमेत सञ्चालन गरेको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७