विश्वकप क्रिकेट : नेपालले दियो बंगलादेशलाई ५३ रनको लक्ष्य


२०८१ माघ ५ शनिबार १८:५३ बजे

काठमाडौं । आईसीसी यू–१९ ट्वान्टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिताको आजको खेलमा नेपालले जितका निम्ति बंगलादेशसामु ५३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

मलेसियाको बांगीस्थित यूकेएम ओभल क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले १८.२ ओभरमा सबै विकेट गुमाएर ५२ रन मात्र बनाउन सक्यो । नेपालका निम्ति ओपनर साना प्रविनले ३२ बलमा १९ रन जोडिन् । समाना केसीले १० रन बनाइन् । अरू खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा बंगलादेशका निम्ति जनाथन माओलाले दुई विकेट लिइन् । अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान एक÷एक विकेट लिए । बंगलादेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ । रासस
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७