‘नागरिकको सहयोग बिना सुरक्षित समाज निर्माण हुन सक्दैन’


२०८१ माघ ५ शनिबार ०१:०७ बजे
फाइल फोटो

काठमाडौं । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले नागरिकको सहयोग बिना सुरक्षित समाज निर्माण हुन नसक्ने बताएका छन् । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले आज यहाँ आयोजना गरेको सुरक्षासम्बन्धी अन्तरक्रियामा उनले सुरक्षित समाज निर्माणका लागि प्रहरी र नागरिकबीच हातेमालो आवश्यक रहेको बताए ।

अतिरिक्त महानिरीक्षक तामाङले समाजमा शान्ति, सुरक्षा कायम गर्नुका साथै कुरीति र बिसङ्गति अन्त्य गर्न नागरिकको भूमिका पुलको रूपमा रहेको औंल्याउँदै प्रहरी र नागरिकबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिए । शान्तिपूर्ण र सुरक्षित समाजका लागि सामुदायिक–प्रहरी साझेदारीको अवधारणा बमोजिम सामुदाय र प्रहरी एकजुट भई अगाडि बढ्नुपर्ने उनले धारणा राखे ।

‘प्रहरीलाई सूचना दिने तथा गलत प्रवृति देखेमा त्यसलाई नियन्त्रण गर्न नागरिकको सुझाव तथा सल्लाह आवश्यक छ’, उनले भने । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले अपराध नियन्त्रण र अनुसन्धानकार्यमा सहयोग गर्न नागरिकलाई अनुरोध गरे । उनले प्रहरी र नागरिकले एकआपसमा सहयोग, सहकार्य र समन्वयले मात्र समाजमा शान्ति सुरक्षा थप मजबुत हुने धारणा राखे । 

सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले समुदाय र प्रहरीको सहकार्यले मात्र आपराधिक घटना न्यूनीकरण गर्न सकिने बताए । अन्तरक्रियामा शान्ति सुरक्षा, सडक सुरक्षा, लागुऔषध दुव्यर्सनी न्यूनीकरणका विषयमा जिज्ञासा र गुनासो राखिएको थियो । रासस
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७