‘मानव सेवा भन्दा ठूलो धर्म अरू हुन सक्दैन’


२०८१ माघ ५ शनिबार ०५:०१ बजे

लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मानव सेवाभन्दा ठूलो धर्म अरू हुन नसक्ने बताएका छन्। बेंसीसहर नगरपालिका–७ स्थित मानवसेवा आश्रममा आज आयोजित आश्रमको भवन निर्माणका लागि एनसेलद्वारा सहयोग रकम हस्तान्तरण कार्यक्रममा उनले विविध कारणले सडकमा पुगेका मानिसको सेवाका लागि गरिने सहयोग महत्वपूर्ण रहेको  बताए ।

‘धेरै मानिसले अन्य काममा पनि सहयोग गर्छन् तर परिवारले हेला गरेका र विविध कारणले सडकमा भौतारिरहेका मानवलाई सहयोग गर्नु उत्तम धर्म हो’, सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले भने, ‘समस्यामा परेका मानवको सहयोग गर्न सबै तयार हुनुपर्छ । यस्तो सहयोग गर्नु ठूलो धर्म गर्नु हो ।’

उनले आफू गण्डकी प्रदेशको मुख्यमन्त्री भएका बेला लमजुङ, कास्की, गोरखालगायत चार ठाउँमा आश्रम निर्माणका लागि सहयोग गरेको र आगामी दिनमा पनि सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । मन्त्री गुरुङले सडकमा भौतारिरहेका मानिसको सेवा र उत्थानका लागि मानवसेवा आश्रमले गरिरहेको योगदानको प्रशंसा गरे ।

उनले आश्रमले गरिरहेको काम प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चासोका साथ हेरिरहेको भन्दै आश्रमलाई सबैले माया गर्नुपर्नेमा जोड दिए । ‘प्रधानमन्त्री स्वयं र आमा (प्रधानमन्त्री पत्नी) यसको संरक्षक हुनुहुन्छ । त्यसैले आश्रमको काम कारबाहीप्रति हामी सबैको ध्यान छ’, मन्त्री गुरुङको भनाइ थियो । 

कार्यक्रममा एनसेलका प्रतिनिधि डिल्लीराम श्रेष्ठले सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्नो संस्थाले आश्रमको भवन निर्माणको लागि १० लाख सहयोग गरेको बताए । उनले संस्थाले शिक्षा, स्वास्थ्य र वातावरणलगायत क्षेत्रमा हालसम्म दुई अर्बभन्दा बढी सहयोग गरेको बताए । आश्रमकी संयोजक अनिता अधिकारीले चन्दादाता, विभिन्न सङ्घसंस्था, स्थानीय र प्रदेश सरकारको आर्थिक सहयोगमा आश्रमको भवन निर्माण भइरहेको बताइन् । आश्रममा हाल २४ जना रहेका उनले जानकारी दिए । रासस
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७