बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिले अर्थतन्त्र ‘स्लोडाउन’ : गभर्नर अधिकारी


२०८१ माघ ७ सोमबार १२:३९ बजे
फाइल फोटो

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिको असर अर्थतन्त्रमा देखिएको बताएका छन् । आज (सोमबार) काठमाडौंमा कृषि विकास बैंकको ५८ औं वार्षिकोत्सवको अवसरमा अयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

‘अर्थतन्त्रमा अलिकति स्लोडाउन भएको असर हामी देख्छौं । एक खालको अराजक गतिविधि हुने र बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिको असर पनि धेरै ठाउँमा छ । यसको बाबजुद बैंकका साथीहरू आफ्नो ठाउँमा ग्रासरूटमा खट्नु भएको छ’, उनले भने । गभर्नर अधिकारीले बैंकिङ प्रणालीमा अराजकताको असरले दीर्घकालसम्म अर्थतन्त्रलाई असर पार्ने बताएका छन् । अराजकताका यस्ता विषयहरू सधैं नरहने पनि उनले स्पष्ट पारे ।

यस्तै समग्रमा भने अर्थतन्त्रका सूचकहरू राम्रो रहेको र मुद्रास्फीति नेपाल राष्ट्र बैंकको लक्ष्यभित्रै रहेको पनि उनले बताएका छन् । ‘पछिल्लो समय बाढी, पहिरोको निकै ठूलो असर परेको हामीले देख्यौं । जसको फलस्वरूप खाद्य, पेय पदार्थतिरको इन्फ्लेशन अलिक बेसी बढेको छ । तर पनि औसतमा अहिलेसम्म नेपाल राष्ट्र बैंकले राखेको जुन लक्ष्य छ, त्योभित्रै इन्फ्लेशन बसेको अवस्था छ’, उनले भने ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७