विदेश उड्नुअघि गोरखकाली दर्शनमा निस्किएका आमा–छोरा दुर्घटनामा अस्ताए


२०८१ माघ ९ बुधबार ११:३९ बजे

पोखरा । तनहुँको ऋषिङ गाउँपालिका–६ चालिसे स्थायी घर भएका १९ वर्षीय सन्दीप आलेले तनहुँ सदरमुकाम दमौलीस्थति बाराही कलेजबाट १२ कक्षा पास गरेर विदेश जाने तयारी गरिरहेका थिए ।

सोही क्रममा उनले ४० वर्षीय आमा मधुमाया आलेसँग मिलेर व्यास नगरपालिका–५ पाटनस्थित सेती हाइड्रो जाने पुल नजिकै बाटो माथि सेतीमादी रिभर कटेज चलाउँदै आएका थिए । उनलाई विदेश जान अफर लेटर पनि आयो । त्यहीं खुशीमा १९ वर्षीय सन्दीपले आमा मधुमाया आलेलाई मंगलबार बिहानै ग.प्र.००३–००१ प ०३१० नम्बरको मोटरसाइकलमा राखेर गोरखा कालिका मन्दिर दर्शन गर्न जाँदै थिए । तर कालिका मन्दिर नपुग्दै बीच बाटोमै उनीहरू अस्ताउन पुगेका छन् ।

उनीहरु चढेको मोटरसाइकल तनहुँको व्यास नगरपालिका–१२ तल्लो छिर्कनस्थित पृथ्वी राजमार्गमा पुग्दा बाक्लो हुस्सुका कारण चालक रहेका सन्दीपले मोटरसाइकलको नियन्त्रण गुमाउँदा सडकको कल्भर्टमा ठोक्किन पुग्यो र सात-आठ मिटर मुनि खाल्डोमा बज्रिन पुग्यो र आमाछोरा दुवैको निधन भयो । एक मात्र सन्तान रहेका सन्दीप र उनकी आमा मधुमायाको निधनले आले परिवार शोकमा डुबेका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७