यू–१९ महिला विश्वकपमा नेपाल आज अस्ट्रेलियासँग भिड्दै, जित्नैपर्ने दबाब


२०८१ माघ ९ बुधबार ११:३० बजे
फाइल फोटो

काठमाडौं । आईसीसी महिला यू–१९ टी ट्वेन्टी विश्वकपमा नेपालले आज (बुधबार) अस्ट्रेलियाको सामना गर्दैछ । मलेसियाको वाईएसडी–यूकेएम क्रिकेट ओभल बागींमा यो खेल नेपाली समय अनुसार दिउँसो सवा १२ बजेबाट सुरू हुनेछ ।

नेपालले जारी विश्वकपमा राम्रो प्रदर्शन गर्न सकेको छैन । नेपालले यसअघिका दुवै खेलमा हार बेहोरेको थियो। त्यसैले नेपाललाई आज यो खेल जित्नै पर्ने दबाब छ । नेपाल दुई खेलमा अंकविहीन बनेर समूहको पुछारमा छ । अस्ट्रेलिया भने चार अंकका साथ समूहको शीर्षस्थानमा छ ।

सुपर सिक्समा पुग्ने नेपालको गणितीय सम्भावना मात्रै बाँकी रहेको देखिन्छ । नेपालले यसअघि स्कटल्यान्ड र बंगलादेशसँग हार बेहोरिसकेको छ । नेपालाई पछिल्लो खेलमा बेहोरेको हारबाट पाठ सिकेर खेल्ने मौका छ । नेपाली महिला क्रिकेटको इतिहासमा खेलिएको यो नै पहिलो विश्वकप हो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७