युक्रेनसँगको युद्ध अन्त्यका लागि पुटिनलाई ट्रम्पको चेतावनी


२०८१ माघ ९ बुधबार १२:३३ बजे
फाइल फोटो

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति पुटिन युक्रेनसँगको युद्ध अन्त्य गर्न वार्ता गर्न तयार नभए रुसविरुद्ध अमेरिकी प्रतिबन्ध अझ बढाउन सक्ने चेतावनी दिएका छन् ।

राष्ट्रपतिको पदभार ग्रहण गरेपछि ट्रम्पले पत्रकार सम्मेलनमा यस विषयमा गरिएको प्रश्नमा उक्त जवाफ दिएको बीबीसीले उल्लेख गरेको छ ।  ट्रम्पले आफ्नो प्रशासन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग सम्पर्कमा रहेको र चाँडै रुसी राष्ट्रपति पुटिनसँग पनि कुरा गर्ने बताएका छन् ।

यस क्रममा ट्रम्पले आफू राष्ट्रपति भएको भए रुस र युक्रेनबीच युद्ध सुरु नै नहुने दाबी पनि गरे । डोनाल्ड ट्रम्पले पत्रकार सम्मेलनमा नेटो देशहरूले सुरक्षामा खर्च २ प्रतिशतबाट ५ प्रतिशत पुर्‍याउनु पर्ने बताएका छन्। एजेन्सी 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७