काठमाडौं भोटेबहालमा १६ लाखको चोरी, महिलासहित चार जना पक्राउ


२०८१ माघ ९ बुधबार १७:३३ बजे

काठमाडौं । काठमाडौंमा चोरीको आरोपमा चार जना पक्राउ परेका छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका–११ भोटेबहालस्थित पदमाकुमारी तुलाचनको कोठाबाट यहीँ पुस १६ गते सुनका विभिन्न गरगहना र नगद  चोरी भएको थियो । करिब १६ लाख ५५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको घटनामा प्रहरीले कारबाही थालेको हो ।

पक्राउ पर्नेहरूमा रामेछाप दोरम्बा गाउँपालिका–३ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–९ ढुङ्गिनी बस्ने ३८ वर्षीय तिर्थ बहादुर थापा मगर, दोरम्बा गाउँपालिका–४ घर भई काठमाडौं गोठाटार बस्ने ४३ वर्षीय सुवास मगर, सिन्धुली मरिण गाउँपालिका–२ घर भई ललितपुर इमाडोल बस्ने ३८ वर्षीया सुनिता तामाङ र खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–५ मोती चोक बस्ने ४७ वर्षीय बलराम विश्वकर्मा छन् । 

प्रहरीले उनीहरूको साथबाट स्वरूप परिवर्तन गरिएको सुन १ तोला ७७ लाल, स्कुटर १ थान, नगद ३० हजार रुपैयाँ र मोबाइल ४ थान बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७